दक्षिण भारतका चर्चित हास्यकलाकार जयप्रकाश रेड्डीको निधन
Tuesday, September 8th, 2020, 2:37 pm
एजेन्सी, २३ भदौ । दक्षिण भारत (टलिउड)तेलगु चलचित्रका चर्चित कलाकार जयप्रकाश रेड्डीको ७४ वर्षको उमेरमा निधन भएको छ । मंगलबार आफ्नै निवास गुन्टुरमा हृदयघातका कारण कलाकार रेड्डीको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ।
द हिन्दुस्तान टाइम्सले उल्लेख गरेअनुसार मंगलबार बिहान उनी बाथरुममा लडेको र त्यसपछि हृदयघात भएको हो । उनले अधिकांश चलचित्रमा खलनायकको भूमिका निर्वाह गर्नुका साथै केही फिल्ममा हास्य कलाकारको भूमिका पनि निभाएका छन्।
आन्ध्र प्रदेशको गुन्टरमा बस्दै आएका उनी हास्यकलाकारकै रुपमा चर्चामा आएका थिए । उनले ‘ब्रह्मापुत्रूदू’ बाट आफ्नो करिअरको सुरुवात गरेका थिए।
उनले प्रेमिचुकुन्दाम रा, जयम मनदेरा, समरसिंह रेड्डी, चेन्नकेशवरेड्डी, छत्रपति, गब्बरसिंह, सीतय्या, नायक, रेसुगुर्रम, मनम, टेप्रलगायतका थुप्रै चलचित्रमा अभिनय गरेका थिए।