भक्तपुरबाट १२ हजार ९ सय थान लागूऔषध बरामद, २ जना पक्राउ
Tuesday, September 8th, 2020, 1:23 pm
काठमाण्डौ, २३ भदौ । भक्तपुरको सल्लाघारीबाट प्रहरीले १२ हजार ९ सय थान लागूऔषध बरामद गरेको छ। महानगरीय अपराध महाशाखाले सो लागूऔषध ओसारपसारमा संलग्न दुईजनालाई पक्राउ गरेको छ।
प्रहरीले सिन्धुपाल्चोक बाह्रबिसेका ३७ वर्षीय डम्बरबहादुर प्रधान र ३६ वर्षीय विष्णु प्रधानलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार डम्बर र विष्णुले ना ३ ख ९८९ नम्बरको ट्रकभित्र झोलामा लुकाएर ल्याएको अवस्थामा ९ हजार ३ सय थान डाईजेपाम इन्जेक्सन र ३६ सय थान नाइट्रोजेपाम बरामद गरिएको हो।
लागू औषध प्रयोगकर्ताले डाईजेपाम र नाइट्रोजेपामलाई मिलाएर सिरिन्जमार्फत प्रयोग गर्छन्।