आज सुनको मूल्यमा सामान्य गिरावट
Tuesday, September 8th, 2020, 12:10 pm
काठमाण्डौ, २३ भदौ । हिजो स्थिर रहेको सुनको भाउ आज (मंगलबार) तोलामा ३ सयले घटेको छ।
हिजो सुन प्रतितोला ९६ हजार १०० रुपैयाँका कारोबार भएको थियो भने आज सोमबारको तुलनामा ३ सयले घटेर ९५ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
तेजावी सुनको मुल्य भने ९५ हजार ३०० रुपैयाँ तोकिएको छ।
त्यस्तै, चाँदीको मुल्यमा १० रुपैयाले घटेर प्रतितोला १ हजार ३१० कायम भएको छ।