राजस्व संकलन गर्ने बैंकका शाखा ३ दिनसम्म खोल्न राष्ट्र बैंकको निर्देशन
Tuesday, September 8th, 2020, 11:52 am
काठमाण्डौ, २३ भदौ । नेपाल राष्ट्र बैंकले आजबाट तीन दिनसम्म बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन हुने सबै शाखा तथा काउन्टर सञ्चालन गर्न निर्देशन दिएको छ।
त्यसैले राजश्व संकलनका लागि ३ दिन बैंक तथा वित्तीय संस्थाका सबै शाखा तथा काउन्टरहरु खुला हुने भएको छ।
करदाताहरुलाई सरकारले भदौ २५ सम्म राजश्व तिरिसक्न म्याद दिएको हुनाले राजस्व संकलन गर्ने बैंकका शाखाहरु खुला गर्न निर्देशन दिइएको राष्ट्र बैंकले जनाएको छ।