पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थपिए ३ सय २६ जना कोरोना संक्रमित
Monday, September 7th, 2020, 4:46 pm
काठमाण्डौ, २२ भदौ । पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा ३ सय २६ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका २ सय ९३, ललितपुर २० र भक्तपुरका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
संक्रमित कहाँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन।