सोमबार थपिए ९ सय ७९ कोरोना संक्रमित, १ हजार ७ सय ३६ जना डिस्चार्ज
Monday, September 7th, 2020, 4:30 pm
काठमाण्डौ, २२ भदौ । सोमबार देशभर थप ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसंगै हालसम्म संक्रमित हुनेको संख्या ४७ हजार २ सय ३६ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सोमबार १ हजार ७ सय ३६ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। योसंगै हालसम्म निको हुनेको संख्या ३० हजार ६ सय ७७ पुगेको छ।
त्यस्तै आज (सोमबार) ९ हजार २ सय १८ नमुना परीक्षण गरिएको छ।
देशभर हाल सक्रिय संक्रमितको संख्या १६ हजार २ सय ५९ रहेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिएका छन्।