चीनले भारतको अरुणाचल प्रदेशलाई मान्यता दिएको छैन : झाओ लिजियान
Monday, September 7th, 2020, 3:54 pm
एजेन्सी, २२ भदौ । चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता झाओ लिजियानले चीनले भारतको कथित अरुणाचल प्रदेशलाई कहिले पनि मान्यता नदिएको र त्यो दक्षिण तिब्बत भएको बताएका छन्।
यसअघि भारतको अरुणाचल प्रदेशका एक विधायकले पाँचजना भारतीयहरूलाई चिनियाँ सैनिकहरूले अपहरण गरी लगेको आरोप लगाएकलगतै झाओले प्रतिक्रिया जनाएका हुन्।
यसैगरी उक्त क्षेत्रमा हराइरहेका भनिएका पाँच भारतीयहरूका विषयमा भारतीय सेनाले चिनियाँ जनमुक्ति सेनालाई पठाएको कुनै सन्देशको विषयमा विस्तृत जानकारी नरहेको झाआले बताएका छन्।