युवतीलाई बलात्कार गरेको आरोपमा गौशालाका एक प्रहरी पक्राउ
Monday, September 7th, 2020, 2:53 pm
काठमाण्डौ, २२ भदौ । काठमाण्डौमा एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना प्रहरी कर्मचारी पक्राउ परेका छन्। पक्राउ पर्नेमा महानगरीय प्रहरी वृत्त, गौशालाका प्रहरी जवान उपेन्द्र थिङ छन्।
आइतबार वनकालीस्थित घरमै आएर प्रहरी जवान थिङले आफूलाई बलात्कार गरेको पीडित युवतीको दाबी छ।
२१ वर्षीया युवतीले दिएको किटानी जाहेरीका आधारमा थिङलाई पक्राउ गरिएको गौशालाका प्रहरीले जानकारी दिएको छ भने जाहेरी दर्ता भएपछि प्रहरीले उनको स्वास्थ्य परीक्षण समेत गराएको छ।
पक्राउ परेका प्रहरी जवान र पीडित भनिएको युवतीबीच पहिल्यैदेखि चिनजान रहेको अनुसन्धानमा संलग्न अधिकृतहरुले बताएका छन्। तर, दुईबीचको सम्बन्धबारे विस्तृतमा खुलिसकेको छैन।
म्याद थप गरेपछि बयान लिने तथा अनुसन्धान पक्रिया बढाइने प्रहरीको तयारी छ।