सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा नयाँ खुलासा
Monday, September 7th, 2020, 1:32 pm
एजेन्सी, २२ भदौ । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणमा भइरहेको अनुसन्धानले नयाँ मोड लिएको छ।
अहिले सीबीआईले उनको आत्महत्या प्रकरणमा अनुसन्धान गरिरहेको छ भने यही क्रममा सुशान्त आत्महत्या प्रकरणमा एकपछि अर्को खुलासा भईरहेको छ।
अनुसन्धानका क्रममा सुशान्तकी प्रेमीका तथा बलिउड अभिनेत्री रिया चक्रवर्तीले आफूले सुशान्तका लागि ड्रग्स मगाउने गरेको पनि स्विाकारेकी छिन्।
यसैगरी प्रहरीले ड्रग्स कनेक्सनमा सम्मिलित ६ जनालाई अहिले पक्राउ गरेको छ भने पक्राउ पर्नेमा रियाका भाई शोविक र सुशान्तका हाउस म्यानेजर स्यामूअल मिराण्डासहित अन्य रहेका छन्।
साथै अन्य खुलासा पनि भईरहेका छन्। यसैबीच सुशान्तको मृत्यु भन्दा एक दिन अघि सुशान्तले आफ्ना तीन रोटविलर्स (कुकुरको एक प्रजाती) अमर, अकबर र एन्थनीको नाममा फण्ड्स पठाएका कुरा अनुसन्धानको क्रममा पत्ता लागेको बताइएको छ।