काठमाण्डौको बुद्धनगरमा सैलुनभित्रै सञ्चालक मृत भेटिए
Monday, September 7th, 2020, 12:10 pm
काठमाण्डौ, २२ भदौ । काठमाण्डौको बुद्धनगरमा रहेको एक सैलुनका सञ्चालक मृत भेटिएका छन्। न्यु मनोकामना हेयर ड्रेसर सैलुनका सञ्चालक अन्दाजी ३५ वर्षीय अशोक ठाकुर मृत भेटिएका हुन्।
बाराको निजगढ स्थायी घर भएका ठाकुर आफ्नै सैलुनमा मृत अवस्थामा फेला परेका छन्। आधा सटर खोलेको अवस्थामा लडिरहेको देखेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । त्यसपछि हेर्दा मुखमा रगत देखिएको अवस्थामा उनको शव भेटिएको छ।
प्रहरीका अनुसार हालसम्म कुनै शंकास्पद अवस्था नदेखिएको र पोष्टमार्टमपछि नै मृत्युको कारण पत्ता लाग्नेछ।
मृतक ठाकुरले करिब एक दशकदेखि बुद्धनगरमा सैलुन सञ्चालन गर्दै आएका थिए।