आज सुनचाँदीको मुल्य स्थिर
Monday, September 7th, 2020, 11:55 am
काठमाण्डौ, २२ भदौ । सोमबार सुनचाँदीको मुल्य स्थिर रहेको छ । आज पनि आइतबारको मुल्यमा नै सुनचाँदीको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।
आजका लागि सुनको मुल्य प्रतितोला ९६ हजार १०० रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मुल्य भने ९५ हजार ६०० रुपैयाँ तोकिएको छ।
यस्तै, चाँदीको मुल्य प्रतितोला १ हजार ३२० रुपैयाँ कायम गरिएको छ। हिजो पनि सुनचाँदीको मुल्य यही दरमा रहेको महासंघको भनाइ छ।