भदौ २९ गते रातो मच्छिन्द्रनाथको मूर्तिलाई बुङ्मती लैजाने
Monday, September 7th, 2020, 11:24 am
काठमाण्डौ, २२ भदौ । रातो मच्छिन्द्रनाथको मूर्ति बुङ्मती लैजानका लागि भदौ २९ गते साइत जुरेको छ।
कोरोनाको जोखिमका कारण रातो मच्छिन्द्रनाथको रथजात्रालाई छोट्याउँने सहमतिअनुसार आज बिहान मंगलबजारको मणिमण्डप पाटीमा मच्छिन्द्रनाथको ज्योतिषहरुले मूर्तिलाई बुङ्मती फिर्ता लैजाने साइत निकालेका हुन्।
दैवज्ञ ज्योतिष कीर्तिकिरण जोशीका अनुसार भदौ २९ गते मच्छिन्द्रनाथलाई बुङ्मती लैजाने साइत जुरेको छ।
हिजो रथलाई पुल्चोकको सोह्रखुट्टे पाटीसम्म तानिएको थियो भने आज ललितपुरका स्थानीयबासीले जात्राको परम्पराअनुसार भुज्या मनाइरहेका छन्।
रातो मच्छिन्द्रनाथलाई यही भदौ २९ गते बुङ्गमती लगिनेट भने त्यसको चौथो दिनमा असोज १ गते बिचा पूजासँगै यसवर्षको रातो मच्छिन्द्रनाथको जात्रा सम्पन्न हुनेछ।