सिरहामा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु
Monday, September 7th, 2020, 11:14 am
सिरहा, २२ भदौ । सिरहामा थप एक जना पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।
मिर्चैया नगरपालिका वडा न ५ का ६५ वर्षीय पुरुषको जनकपुर प्रादेशिक अस्पतालमा आइतबार राति ९ बजे उपचारको क्रममा मृत्यु भएको हो।
जिल्ला स्वास्थ कार्यलय सिरहाका अनुसार भदौं २१ गते (हिजा)े उपचारका लागि भर्ना भएका उनको उपचारकै क्रममा आइतबार राति करिब साढे ९ बजे ज्यान गएको हो।
शुक्रबार करोना संक्रमण पुष्टि भएका उनलाई स्वासप्रस्वासमा समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनी उच्च रक्तचाप र मधुमेह डाइबीटिज बिरामी समेत रहेको थियो।
यसअघि फुलकुमारी मेमोरियल हस्पिटल कर्जन्हामा भर्ना गराएकाथिए त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि जनकपुर लगिएका उनको हिजो मृत्यु भएको हो।
योसंगै सिरहामा करोना संक्रमणबाट मृत्यु हुनेको सख्या ९ पुगेको छ। यसैगरी मिर्चैया नगरपालिकामा मात्र ३ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ।