कोरोना भाइरसबाट पछिल्लो २४ घन्टामा थप ९ जनाको मृत्यु, मृत्यु हुनेको संख्या २८९ पुग्यो
Sunday, September 6th, 2020, 4:44 pm
काठमाण्डौ, २१ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा २ जना महिला र ७ जना पुरुष संक्रमितको मृत्यु भएको हो।
मृत्यु हुनेमा मोरङका ६४ वर्षीया र झापा ४५ वर्षीया महिला रहेका छन्।
त्यसैगरी काठमाडौंका ७४, ६८ र ८५ वर्षीय, मोरङका ४५ वर्षीय, पर्साका ७७ वर्षीय, धनुषाका ३५ वर्षीय र चितवनका ७० वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिएका छन्।
योसंगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।