पछिल्लो २४ घण्टामा थप ९ सय ८० जनामा कोरोना संक्रमण, १ हजार ८ सय १४ जना डिस्चार्ज
Sunday, September 6th, 2020, 4:33 pm
काठमाण्डौ, २१ भदौ । पछिल्लो २४ घण्टामा देशभर थप ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसंगै हालसम्म संक्रमित हुनेको संख्या ४६ हजार २ सय ५७ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ८ सय १४ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। योसंगै हालसम्म निको हुनेको संख्या २८ हजार ९ सय पुगेको छ।
पछिल्लो २४ घण्टामा १० हजार ३८२ नमुना परीक्षण गर्दा २९० महिला र ६९० पुरुषमा संक्रमण पुष्टि भएको हो।
देशभर हाल सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिएका छन्।