काठमाण्डौमा एक कोरोना संक्रमितको घरमै मृत्यु
Sunday, September 6th, 2020, 3:58 pm
काठमाण्डौ, २१ भदौ । काठमाण्डौमा एक जना कोरोना संक्रमितको घरमै मृत्यु भएको छ। काठमाडौं महानगरपालिका वडा नम्बर १५ डल्लुस्थित सरस्वतीस्थानका ६८ वर्षीय एक पुरुषको मृत्यु भएको हो।
लामो समयदेखि मिर्गौलाका विरामी उनमा हिजो कोरोना पुष्टि भएको थियो । कोरोनाको लक्षण नदेखिएपनि गत १७ गते ललितपुरको पाटन अस्पतालमा नियमित डायलासिस गराउने क्रममा उनको स्वाब संकलन गरी पिसीआर परीक्षण गरिएको वडा नं १५ का अध्यक्ष ईश्वरमान डंगोलले जानकारी दिएका छन्।
वडाध्यक्ष डंगोलका अनुसार कोरोना संक्रमण भएको रिपोर्ट आउनुअघि नै उनको हिजो बेलुकी पाँच बजेतिर मृत्यु भएको थियो र मृतकको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गरिरहेको छ।