चिनियाँ खोपलाई थप चार मुलुकद्वारा क्लिनिकल परीक्षणको लागि अनुमति प्रदान
Sunday, September 6th, 2020, 3:42 pm
एजेन्सी, २१ भदौ । चिनियाँ कम्पनी चाइना नेशनल बायोटेक गु्रप (सीएनबीजी) र सिनोभ्याक बायोटेक लिमिटेडले आफ्नो निर्माणको क्रममा रहेको कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोपको क्लिनिकल परीक्षणको लागि शनिबार थप चार मुलुकमा अनुमति पाएको बताएको छ।
चीन अहिले आफ्नो कोरोना खोप सफल बनाउने प्रयासमा लागेको छ । अहिले अनुमति दिने मुलुकमध्ये सर्बिया र पाकिस्तान पनि हुन्।
चीनमा कोरोना भाइरसका संक्रमित निकै कम भएकाले चीनले अन्य मुलुकमा आफ्नो खोपको परीक्षण गरिरहेको छ । यसैगरी सर्बियामा सीएनबीजीले निर्माण गरिरहेको दुई खोपको परीक्षण हुनेछ भने पाकिस्तानमा भने बेइजिङको एकाइमा निर्माण गरिएको खोपको परीक्षण हुनेछ।
यी दुई खोप वुहान र बेइजिङको सीएनबीजी एकाइमा तयार पारिएको थियो ।
त्यस्तै सीएनबीजीले निर्माण गरेको खोपको तेस्रो चरणको क्लिनिकल परीक्षणमा १० मुलुकका करिब ५० हजार मानिस सामेल हुने सम्भावना छ । यसअघि यूएई, बहराइन, पेरु, मोरक्को, अर्जेन्टिना र जोर्डनमा यो खोपको परीक्षण सुरु भइसकेको छ।