सामाजिक सञ्जालमा अश्लील च्याट सार्वजनिक भएपछि नेकपाका सांसद साँवा निलम्बित
Sunday, September 6th, 2020, 3:03 pm
ताप्लेजुङ, २१ भ्दौ । अश्लील शब्दसहितको च्याट सामाजिक सञ्जालमा भाइरल बनेपछि नेकपाले प्रदेश नम्बर १ की सांसद् होमकुमारी साँवालाई निलम्बन गरेको छ । नेकपा ताप्लेजुङको जिल्ला कमिटीले प्रदेश सांसद होमकुमारीलाई तीन महिनाका लागि निलम्बन गरेको हो।
नेकपा ताप्लेजुङका अनुसार छ एक युवतीसँग अश्लील च्याट गरेको कुरा सार्वजनिक भएपछि सांसद साँवालाई जिल्ला कमिटीबाट निलम्बन गरिएको छ।
सामाजिक सञ्जालमा अस्वाभाविक र अश्लील शब्द प्रयोग गरेको च्याट सार्वजनिक भएपछि प्रदेश सांसद साँवालई ३ महिनाका लागि निलम्बन गरिएको नेकपाका केन्द्रीय सदस्य तथा ताप्लेजुङ जिल्ला इञ्चार्ज भाष्कर काफ्लेले जानकारी दिएका छन्।
काफ्लेको संयोजकत्वमा नेकपा ताप्लेजुङले ३ सदस्यीय कार्यदल बनाएको र कार्यदलको प्रतिवेदनका आधारमा सांसद साँवालाई कारबाही गरिएको हो।
त्यस्तै सांसद साँवाले पनि आफूबाट अब यस्ता कमिकमजोरी नहुने सर्तसहितको लिखित स्पष्टीकरण पार्टीलाई बुझाएकी छन्।