डिजेल बोकेको ट्याङ्कर थानकोटमा दुर्घटना
Sunday, September 6th, 2020, 2:20 pm
काठमाण्डौ, २१ भदौ । नेपाल आयल निगमको थानकोट डिपो प्रवेश गर्ने मोडमा डिजेल बोकेको ट्याङ्कर दुर्घटनामा परेको छ।
रक्सौलबाट काठमाडौं आईरहेको ट्याङ्कर मुख्य सडकबाट मोडिएर डिपोतर्फ जान लाग्दा चिप्लिएर खेतमा खसेको निगमको थानकोट डिपोले जनाएको छ।
डिपो प्रमुख प्रदिप कुमार यादवले दिएका जानकारी अनुसार बीस हजार लिटर डिजेल बोकेको ना ७ ख ७३९ नम्बरको ट्याङ्कर केहीबेर अघि दुर्घटनामा परेको हो।
दुर्घटना भएतापनि चालक दलका सदस्य सकुशल रहेको तर ३ हजार लिटर तेल पेखिएको यादवले बताएका छन्।