सुनको भाउमा सामान्य गिरावट
Sunday, September 6th, 2020, 11:57 am
काठमाडौं, २१ भदौ । आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ। आज सुनको मूल्य प्रतितोलामा ३०० रुपैँयाले घटेको छ।
शुक्रबार ९६ हजार ४ सयमा कारोबार भएको सुनको भाउ आज प्रतितोला ९६ हजार १ सयमा कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले बताएको छ।
त्यस्तै आज चाँदीको मूल्यमा पनि शुक्रबारको तुलनमा १० रुपैयाँले बढ्र १३ सय २० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ।