चितवनमा ७० वर्षीय वृद्धको कोरोना संक्रमणका कारण मृत्यु
Sunday, September 6th, 2020, 11:27 am
चितवन, २१ भदौ । चितवनमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
भरतपुर महानगरपालिका–१५ का ७० वर्षीय वृद्धको मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान उहाँको ८ बजे कोरोना सङ्क्रमणबाट मृत्यु भएको अस्पतालले जनाएको छ।
श्वासप्रश्वासमा समस्या देखिएपछि भदौ १२ गते अस्पताल भर्ना भएका ती वृद्धमा १३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो र सङ्क्रमण पुष्टि भएपछि अस्पतालको कोभिड सघन उपचार कक्षमा राखी उपचार भइरहेको थियो तर आज उनको मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले बताएका छन्।
यससँगै चितवनमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २२ पुगेको छ । चितवनका १२, नवलपरासी सुस्ता पूर्वका दुई, बारा, गोर्खा र कैलालीका एक÷एक जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।