ट्रम्पले मोदीको प्रशंसा गर्दै भने, ‘मोदी राम्रो नेता हो’
Saturday, September 5th, 2020, 5:23 pm
एजेन्सी, २० भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिकूल अवस्थामा पनि धेरै राम्रो काम गरिरहेको भन्दै मुक्तकण्ठले प्रशंसा गरेका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो खास साथी भएको र उनले धेरै राम्रो काम गरिरहनुका साथै उनी धेरै राम्रो नेता भएको भन्दै ट्रम्पले मोदीको प्रशंसा गरेका छन्।
यसअघि भारतले टिकटक र विच्याटलगायत ५९ वटा चिनियाँ एप्समा प्रतिबन्ध लगाएको थियो । भारतले पुनः पब्जीसहित ११८ भन्दा बढी चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको छ।
यसअघि अमेरिकाले पनि चीनले आफ्ना एप्समार्फत अमेरिकी डेटा चोरी गर्ने गरेको र ती एप्स राष्ट्रिय सुरक्षाको लागि खतरा भएको आरोपलगाउँदै टिकटक, विच्याटसहित कैयौँ चिनियाँ एप्स र चिनियाँ प्रविधि कम्पनीमा प्रतिबन्ध लगाएको थियो।