पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थपिए ४ सय ८ कोरोना संक्रमित
Saturday, September 5th, 2020, 4:40 pm
काठमाण्डौ, २० भदौ । पछिल्लो २४ घण्टामा काठमाण्डौं उपत्यकामा थप ४ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डौका ३२६, ललितपुरका ३७ र भक्तपुरका ४५ जनामा संक्रमण पुष्टि भएको छ।
मन्त्रालयले संक्रमितहरु कहाँका हुन् भन्ने खुलाएको छैन।