कोरोना भाइरसबाट पछिल्लो २४ घन्टामा थप १४ जनाको मृत्यु, मृत्यु हुनेको संख्या २७१ पुग्यो
Friday, September 4th, 2020, 4:53 pm
काठमाण्डौ, १९ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ४ जना महिला र १० जना पुरुष संक्रमितको मृत्यु भएको हो।
मृत्यु हुनेमा काठमाण्डौकी ८२ वर्षीया, ६७ वर्षीया र २२ वर्षीया र चितवनकी ३५ वर्षीया महिला रहेका छन्।
त्यस्तै मृत्यु हुने पुरुषहरुमा सप्तरीका ५५ वर्षीय, धनुषाका ६५ वर्षीय, कास्कीका ३१ वर्षीय, नवलपरासीका ३७ वर्षीय, प्युठानका ५७ वर्षीय, रूपन्देहीका ७८ वर्षीय, पाल्पाका ६३ वर्षीय र सुर्खेतका ४२ वर्षीय पुरुष रहेको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिएका छन्।
योसंगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।