पछिल्लो २४ घण्टामा उपत्यकमा थपिए ४ सय ५४ कोरोना संक्रमित
Friday, September 4th, 2020, 4:40 pm
काठमाण्डौ, १९ भदौ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकमा थप ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाठौंका ३८६, ललितपुरका ३२ र भक्तपुरका ३६ जनामा संक्रमण पुष्टि भएको हो।
संक्रमित कहाँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन। यसअघि बिहीबार उपत्यकामा ४ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।