शुक्रबार थप १ हजार ३ सय ५९ जनामा कोरोना संक्रमण, १ हजार ३ सय ५४ जना डिस्चार्ज
Friday, September 4th, 2020, 4:36 pm
काठमाडौं, भदौ १९ । शुक्रबार देशभर कोरोनाका १ हजार ३ सय ५९ संक्रमित थपिएका छन्। यो अहिलेसम्मकै बढी कोरोना संक्रमितको संख्या हो । योसंगै हालसम्म संक्रमितको हुनेको संख्या ४४ हजार २ सय ३६ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शुक्रबार मात्रै १ हजार ३ सय ५४ जना संक्रमणमुक्त भई घर फर्किएका छन्। योसंगै हालसम्म कोरोनाबाट निको हुनेको संख्या २५ हजार ५ सय ६१ पुगेको छ।
पछिल्लो २४ घण्टामा १३ हजार ६ सय ३८ जनाको पिसिआर परीक्षण गरिएको छ।