कञ्चनपुरमा निषेधाज्ञाको अवधि १३ दिन बढाइयो
Friday, September 4th, 2020, 3:26 pm
कञ्चनपुर, १९ भदौ । कञ्चनपुर प्रशासनले कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन कञ्चनपुरमा निषेधाज्ञालाई थप १३ दिन लम्ब्याएको छ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा आज बसेको सुरक्षा समितिको बैठकले जारी निषेधाज्ञालाई भदौ १९ गते राति १२ बजेदेखि भदौ ३१ गते राति १२ बजेसम्म बढाइने निर्णय गरेको छ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कल्पना भट्टका अनुसार जिल्लाभर लागु हुने गरी बिहान ६ बजेदेखि बेलुका ५ बजेर ३० मिनेटसम्म सेवा, उद्योग व्यापार व्यवसाय तथा यातायात सञ्चालन हुने गरी निषेधाज्ञा जारी गरिएको हो।
यसैगरी बेलुकी ५ बजेर ३० मिनेटदेखि ६ बजेसम्म अनुमति पाएका र अत्यावश्यक सेवा तथा बस्तुबाहेकका अन्य सबै प्रकारका सेवा उद्योग, व्यापार, व्यवसाय तथा यातायात सेवा सञ्चालन नहुने अधिकृत भट्टले बताएकी छिन्।