आज सुनको मुल्यमा सामान्य गिरावट
Friday, September 4th, 2020, 12:06 pm
काठमाण्डौ, १९ भदौ । हिजोसम्म बढीरहेको सुनको भाउमा (आज) शुकबार भने मुल्यमा सामान्य गिरावट आएको छ । आज सुनको मुल्यमा प्रतितोला रु १०० ले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।
हिजो सुनको मुल्य प्रतितोला ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने आज छापावाला सुनको मुल्य ९६ हजार ४०० कायम भएको छ । यस्तै, तेजावी सुनको मुलय प्रतितोला ९५ हजार ९०० कायम गरिएको छ।
यसैगरी चाँदीको मुल्य पनि ३५ रुपैयाँले घटेको छ भने आज प्रतितोला १ हजार ३१० रुपैयाँ कायम भएको छ।