बुटवलमा कोरोना संक्रमणका कारण थप एक जना पुरुषको मृत्यु
Friday, September 4th, 2020, 10:42 am
बुटवल, १९ भदौ । बुटवलको थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।
बुटवल उपमहानगरपालिका वडा नं ८ का ७८ वर्षीय पुरुषको आज बिहान कोरोना विशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ।
अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार गत भदौ ४ गते अस्पताल भर्ना भएका ती पुरुषलाई ९ दिनदेखि भेन्टिलेटरको सहायतामा आइसियूमा राखी उपचार गरिरहेकोमा आज बिहान मृत्यु भएको हो।
संक्रमित पुरुषमा मधुमेह र उच्च रक्तचापको समस्या रहेको डा गौतमले जानकारी दिएका छन्।