जेठाजुको बञ्चरो प्रहारबाट बुहारीको मृत्यु
Friday, September 4th, 2020, 10:05 am
काभ्रेपलाञ्चोक, १८ भदौ । काभ्रपलाञ्चोमा जेठाजुको बन्चरो प्रहारबाट बुहारी मृत्यु भएको छ। जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं। ८ स्थित अधिकारी थोक माथिल्लो गाउँमा जेठाजु सुदर्शन अधिकारीले स्थानीय स्वास्थ्यचौकीको सहयोगी कर्मचारी समेत रहेकी बुहारी रञ्जना तिमल्सिना अधिकारीको टाउकोमा बञ्चरो प्रहार गरी हत्या गरिएको हो।
एक स्थानीयका अनुसार घरमा मृतक रञ्जनाको श्रीमान शंकर अधिकारी, ससुरा बिष्णु प्रसाद अधिकारी, सासु चित्र कुमारी अधिकारी बस्दै आएका थिए भने राती सामान्य घर झगडा भएको र बिहान हत्या गरिएको अवस्थामा भेटिएको हो।
यस घटनाको हत्या आरोपित जेठाजु सुदर्शन अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको पुष्टि गर्दै घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ।