स्वयम्भुमा दुई समूहबीच झडप, ४ जना घाइते
Friday, September 4th, 2020, 9:47 am
काठमाडौ, १९ भदौ । हिजो राती स्वयम्भुमा दुई समूहबीचमा झडप हुँदा ४ जना घाइते भएका छन्। ढुङ्गेधारा र रानीबन बस्ने दुई समूहबिच गतराति रानीबनमा झडप भएको थियो।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार सो झडपमा परी ३० वर्षका सुदीप रानामगर, २४ वर्षका सुरज रानामगर, २७ वर्षका नवराज रानामगर र सुरज थापामगर घाइते भएका छन् भने उनीहरुको स्वयम्भुस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको छ।
झगडा गर्ने दुईजना लाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ गरिएका दुईजनालाई मनमोहन अस्पतालमा मेडिकल गर्न लैजाँदा पुनः अस्पतालमा पनि झडप भएको थियो।
पक्राउ पर्नेको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन।