कोरोना संक्रमितको संख्या बढ्न थालेपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरी सिल
Thursday, September 3rd, 2020, 5:15 pm
काठमाण्डौ, १८ भदौ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत प्रहरी अधिकारीहरुमा कोरोना संक्रमण बढ्न थालेपछि कार्यालय सिल गरिएको छ।
पछिल्लो एक सातामा महानगरीय प्रहरी कार्यालयमा मात्रै ५९ जना प्रहरी अधिकारीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार एकजना प्रहरी निरीक्षकसहित सई, असई र प्रहरी जवानमा कोरोना संक्रमण देखिएको छ भने गेटमा खटिनेदेखि लिएर अन्य अधिकृतमा समेत कोरोना संक्रमण पुष्टि भएपछि कार्यालयमा सतर्कता अपनाइएको छ।
तीन दिनदेखि अत्यावश्यक कामबाहेक सबै काम बन्द गरिनुका साथै कार्यालयमा हुने अनावश्यक आवतजावत पनि बन्द गरिएको छ भने संक्रतिममध्ये केहीलाई होम आइसोलेसन र केहीलाई कार्यालयकै आइसोलेसनमा राखिएको प्रहरी स्रोतले जनाएको छ ।