कोरोना भाइरसबाट पछिल्लो २४ घन्टामा थप ६ जनाको मृत्यु, मृत्यु हुनेको संख्या २५७ पुग्यो
Thursday, September 3rd, 2020, 4:57 pm
काठमाण्डौ, १८ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ४ जना महिला र २ जना पुरुष संक्रमितको मृत्यु भएको हो।
मृत्यु हुने महिलाहरुमा चितवनकी ४० बर्षीय, भक्तपुरकी ४० वर्षीया, तनहुँकी ९२ वर्षीया र रुपन्देहीकी ७७ बर्षीया महिला रहेकी छिन्।
त्यस्तै मृत्यु हुने पुरुषहरुमा रुपन्देहीका ६५ वर्षीय र सिन्धुपाल्चोकका ७७ वर्षीय पुरुष रहेको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिएका छन्।
योसंगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।