बिहीबार उपत्यकामा थपिए ४ सय ४५ कोरोना संक्रमित
Thursday, September 3rd, 2020, 4:35 pm
काठमाण्डौ, १८ भदौ । बिहीबार काठमाडौं उपत्यकामा थप ४ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार काठमाडौंका ३५७ जना, भक्तपुरका ४२ र ललितपुरका ४६ जनामा कोरोना संक्रमण देखिएको छ।
संक्रमित कहाँका हुन् भन्ने मन्त्रलायले खुलाएको छैन। बुधबार मात्रै काठमाडौंमा ३५० जना, भक्तपुरमा ९ र ललितपुरमा २९ जना गरी ३८८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।