पछिल्लो २४ घण्टामा थपिए १ हजार २ सय २८ कोरोना संक्रमित, ९ सय ७ जना डिस्चार्ज
Thursday, September 3rd, 2020, 4:30 pm
काठमाडौं, भदौ १८। पछिल्लो २४ घण्टामा देशभर कोरोनाका १ हजार २ सय २८ संक्रमित थपिएका छन्। योसंगै हालसम्म संक्रमितको संख्या ४२ हजार ८ सय ७७ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ९ सय ७ जना संक्रमणमुक्त भई घर फर्किएका छन्। योसंगै हालसम्म कोरोनाबाट निको हुनेको संख्या २४ हजार २ सय ७ पुगेको छ।
त्यस्तै संक्रिय संक्रमितको संख्या १८ हजार ४ सय १३ पुगेको छ।