रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा स्थानिय युवाहरु र प्रहरीबीच झडप
Thursday, September 3rd, 2020, 1:48 pm
काठमाण्डौ, १८ भदौ । गुठी संस्थानले कुनै निर्णय बिना र सरोकारवाला निकायलाई जानकारी नदिई युवाहरुले स्वस्फुर्त रातो मछिन्द्रनाथको रथ तानेपछि ललितपुरको पुल्चोकमा प्रहरी र स्थानीय युवाहरुबीच झडप भएको छ।
प्रहरीले रथ तान्न रोकेपछि युवाहरुले विरोध गरेका थिए । त्यही बेला प्रहरीले पानीको फोहोरा हान्न ट्यांक ल्याएपछि युवाहरुले ढुंगामुढा गरे।
त्यसलाई रोक्न प्रहरीले केही सेल अश्रुग्यास हानेको छ भने अहिले स्थिति तनावग्रस्त नै रहेको छ। युवाहरुले रथ सडकको बीचमा र्पुयाएका छन्।