कपिलवस्तुमा अटोरिक्सा दुर्घटनामा परी १ जनाको मृत्यु, ४ घाइते
Thursday, September 3rd, 2020, 12:29 pm
कपिलवस्तु, १८ भदौ । कपिलवस्तुमा अटोरिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्।
प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार वाणगंगा नगरपालिका १० गनहा पुलस्थित भित्री सडक खण्डमा लु १ ह २६४५ नं. को अटोरिक्सा अनियन्त्रित भई दुर्घटना हुँदा रुपन्देहीको गैडहवा गाउँपालिका ४ पौवा बस्ने ४० वर्षीय दयाशंकर चमारको मृत्यु भएकोे छ।
सो दुर्घटनामा परी चालक टम्केश्वर चमार, रुपन्देहीको गैडहवा ४ का ५० वर्षकी भानुमति रैदाश, इन्द्रवती हरिजन र लुम्विनी साँस्कृतिक नगरपालिका ११ बस्ने ३० वर्षीय विजय चमार घाइते भएको प्रहरीले बताएको छ।
प्रहरीका अनुसार उनीहरुको उपचार स्थानीय मेडिकल कलेजमा भइरहेको छ भने घटनाबारे थप अनुसन्धान पनि भइरहेको छ।