बाग्लुङ बाढीमा परी बेपत्ता भएकामध्ये ८ को शव फेला, सनाखत हुन बाँकी
Thursday, September 3rd, 2020, 12:15 pm
बाग्लुङ, १८ भदौ । बाग्लुङको ढोरपाटन नगरपालिका वडा नं ७, ८ र ९ का तटीय बस्तीमा बाढी पस्दा ज्यान जानेको सङ्ख्या ८ पुगेको छ।
जिल्ला प्रहरी कार्यालय बाग्लुङका अनुसार सकुर्दुङको भूजी खोलाको बाढीमा १३ जना बेपत्ता भएको हो भने बाढीले १३ घर बगाएर क्षति बनाएको छ । यसैगरी घटना स्थलमा फेला परेका ८ जनाको शवको पहिचान हुन सकेको नसकेको प्रहरीले जनाएको छ।
त्यस्तै बेपत्ता र मृतकको सङ्ख्या बढ्न सक्ने र बाढी पीडित परिवारका सदस्यले दिएको जानकारीअनुसार बेपत्ताको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ।
अविरल वर्षासँगै गएराति १२ बजेको समयमा आएको बाढीले बस्तीका घर बगाएको घटनास्थलमा रहनुभएका इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिएका छन्।