पाटन अस्पतालमा उपचाररत भक्तपुरकी कोरोना संक्रमित महिलाको मृत्यु
Thursday, September 3rd, 2020, 12:00 pm
ललितपुर, १८ भदौ । पाटन अस्पतालमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।
भक्तपुर थिमीकी ४० वर्षीया कोरोना संक्रमित महिलाको पाटन अस्पतालमा उपचारका क्रममा बुधबार राति पौने दुई बजे मृत्यु भएको अस्पतालका निर्देशक डा. रवि शाक्यले जानकारी दिएका छन्।
डा.शाक्यका अनुसार मृतक महिलालाई बुधबार साँझमात्र अस्पताल भर्ना गरिएको र उनी लामो समयदेखि किड्नीका बिरामी पनि रहेको थियो।
अस्पताल ल्याउनुअघि नै महिला कोरोना संक्रमित भनेर पुष्टि भएको उनले बताएका छन्। मृतक महिलाको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेको छ।