महोत्तरीमा आत्महत्या गरेकी महिलामा कोरोना पुष्टि
Thursday, September 3rd, 2020, 11:51 am
जनकपुर, १८ भदौ । महोत्तरीमा एक कोरोना संक्रमित महिलाले झुन्डिएर आत्महत्या गरेकी छिन्। महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर स्थित–३ गौरीडाँडा बस्ने वृद्ध महिलामा आत्महत्या पछि गरिएको कोरोना परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको हो।
प्रहरीका अनुसार महिलाले बुधबार बिहान झुन्डिएर आत्महत्या गरेकी र उनले किन आत्महत्या गरिन् भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन।
भदौ १५ गते उनको स्वाब संकलन गरी परीक्षणको लागि पठाइएको थियो र बुधबार साँझ रिपोर्ट पोजिटिभ आएको बर्दीवास नगरपालिकाका नगरप्रमुख बिदुर कार्कीले जानकारी दिएका छन्।
यसअघि मृतकको घरका अन्य ३ जनामा भदौ ११ गते कोरोना संक्रमण पृष्टि भएको थियो ।