बुधबार काठमाडौं उपत्यकामा थपिए ३ सय ८८ कोरोना संक्रमित
Wednesday, September 2nd, 2020, 4:39 pm
काठमाण्डौ, १७ भदौ । बुधबार मात्रै काठमाण्डौ उपत्यकामा थप ३ सय ८८ मा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौँ जिल्लामा ३५०, भक्तपुरमा ९ र ललितपुरमा २९ संक्रमित भेटिएका जानकारी दिएका छन्।
पछिल्लो समय उपत्यकामा संक्रमितहरूको संख्या बढ्दै गएको छ ।