पछिल्लो २४ घण्टामा थपिए १ हजार १सय २० कोरोना संक्रमित, १ हजार १ सय १२ जना डिस्चार्ज
Wednesday, September 2nd, 2020, 4:33 pm
काठमाडौं, भदौ १७ । पछिल्लो २४ घण्टामा मुलुकभर कोरोनाका १ हजार १ सय २० संक्रमित थपिएका छन्। योसंगै हालसम्म संक्रमितको संख्या ४१ हजार ६ सय ४९ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ हजार १ सय १२ जना संक्रमणमुक्त भई घर फर्किएका छन। योसंगै हालसम्म कोरोनाबाट निको हुनेको संख्या २३ हजार २ सय ९० पुगेको छ।