आबेले ट्वीट गर्दै दिए प्रधानमन्त्री ओलीलाई धन्यवाद
Wednesday, September 2nd, 2020, 2:53 pm
काठमाडौं, भदौ १७ । स्वास्थ्य समस्याका कारण राजीनामा दिएका जापानका प्रधानमन्त्री सिन्जो आबेले आगामी दिनमा नेपाल-जापान सम्बन्ध थप विकसित हुने बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद पनि दिएका छन्।
आबेले बुधबार बिहान ट्वीट गर्दै प्रधानमन्त्री ओलीलाई धन्यवाद दिएका छन।
आफ्नो स्वास्थ्यको कारण देखाउँदै आबेले चार दिनअघि जापानी प्रधानमन्त्री पदबाट राजीनामा घोषणा गरेका थिए।
उक्त समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री ओलीले ट्वीट गर्दै आबेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए।
प्रधानमन्त्री ओलीले ट्वीट गर्दै भने, तपाईं बिरामी भएको सुनेर दुस्ख लाग्यो। प्रधानमन्त्री आबे तपाईंको शीघ्र स्वास्थ्यलाभ र सु–स्वास्थ्यको कामना गर्दछु। तपाईंको बहुआयामिक नेतृत्वबाट नेपाल–जापान सम्बन्धमा धेरै फाइदा भएको छ।
उक्त ट्वीटलाई रिट्वीट गर्दै आबेले लेखेका छन्, तपाईंका आत्मीय शब्दका लागि धन्यवाद प्रधानमन्त्री ओली। नेपाल(जापानको पुरानो सम्बन्ध आगामी दिनमा अझै विकसित हुनेछ भन्ने मेरो आशा छ।
