वीर अस्पतालमा संक्रमण बढेसंगै ओपिडी सेवा २ दिन बन्द
Wednesday, September 2nd, 2020, 1:14 pm
काठमाण्डौ, १७ भदौ । वीर अस्पतालमा मंगलबार दिउँसो थप तीन जना बिरामी र १३ जना स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालले बहिरंग सेवा (ओपीडी) बन्द गरेको छ।
अस्पतालले दिएको जानकारी अनुसार बुधबार र बिहीबार ओपीडी सेवा बन्द भएता पनि आकस्मिक र प्रशासनिक सेवा भने नियमित रुपमा सञ्चालन हुनेछ।
अहिलेसम्म १२ चिकित्सक, १२ नर्ससहित ७१ जना स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना संक्रमण देखिएको अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले बताएका छन् । निसंक्रमण र कन्ट्याक्ट टेसिङका लागि दुई दिन ओपिडी बन्द गर्ने निर्णय गरिएको उनको भनाइ छ।