जापानमा नयाँ प्रधानमन्त्री पदका लागि सेप्टेम्बर १४ मा निर्वाचन हुने
Wednesday, September 2nd, 2020, 12:52 pm
एजेन्सी, १७ भदौ । जापानमा नयाँ प्रधानमन्त्री निर्वाचनका लागि आगामी सेप्टेम्बर १४ मा चुनाव हुने भएको छ । प्रधानमन्त्री सिन्जोले कार्यकाल पूरा हुन १ बर्ष बाँकी रहदँै आफ्नो स्वास्थ्यमा समस्या आएका कारण केहिदिन अघि मात्रै राजिनामाको घोषणा गरेका थिए।
यसैगरी अब जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिकले एक बर्षका लागि अर्को प्रधानमन्त्री नियुक्ति गर्नेछ।
लिबरल डेमोक्रेटिक पार्टीले आज बैठकको आयोजना गर्दै आगामी सेप्टेम्बर ८ सम्ममा नेताहरुले निर्वाचनका लागि मनोनयन दर्ता गराउनुपर्ने निर्णय गरेको हो।
अनतर्राष्ट्रिय समाचार माध्यमहरुका अनुसार मनोनयन दर्तापछि ६ दिनमा नयाँ प्रधानमन्त्रीका लागि निर्वाचन हुने निर्णय भएको छ।