बृटवलमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु
Wednesday, September 2nd, 2020, 11:21 am
बुटवल, १७ भदौ । बुटवलमा थप एक कोरोना संक्रमित मृत्यु भएको छ।
कपिलवस्तु नगरपालिका ११ की ६० वर्षीया महिलाको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा बुधबार बिहान सवा ९ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डाक्टर विष्णु गौतमले जानकारी दिएका छन्।
भदौ ७ गते ती महिलामा कोरोना संक्रमण पुष्टि भएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी थिइन्। कोरोना संक्रमणसँगै उच्च रक्तचाप र स्वासप्रस्वासमा समस्या देखिएपछि कोरोना विशेष आइसोलेसन अस्पतालको आइसियूमा राखेर उपचार गर्ने क्रममा बुधबार मृत्यु भएको डाक्टर गौतमले बताएका छन्।