सुनको मूल्यमा फेरि आयो गिरावट, प्रतितोला १२ सयले घट्यो
Wednesday, September 2nd, 2020, 11:14 am
काठमाडौं, १७ भदौ । हिजो सम्म मूल्य बढिरहेको सून बुधबार एकैदिन भाउमा १२ सयले घटेको छ।
मंगलबार सुन ९८ हजार ४ सयमा कारोबार भएको थियो भने आज सुनको मूल्य प्रतितोला ९७ हजार २ सय कायम भएको छ।
यसैगरी आज चाँदीको मूल्य प्रतितोला १३ सय ६५ रुपैयाँ कायम भएको छ जुन अघिल्लो दिन चाँदी सोही मूल्यमा कारोबार भएको थियो।
सुनचाँदी व्यवसायी महासंघका अनुसार हाल अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटबढ भइरहेको छ भने जसको असर नेपालमा समेत देखिएको छ।