कोरोना संक्रमणका कारण ९७ वर्षीय वृद्धको मृत्यु
Wednesday, September 2nd, 2020, 10:21 am
वीरगन्ज, १७ भदौ । वीरगन्जमा ९७ वर्षीय वृद्धको कोरोना संंक्रमणबाट मृत्यु भऐको छ।
बारा घर भएका उनको वीरगन्जस्थित नारायणी कोभिड अस्पताल गण्डकमा मंगलबार राति १ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिएका छन्।
चौरसियाका अनुसार गत आइतबार तराई अस्पतालबाट गण्डक रिफर गरिएको उनमा उच्च रक्ताचाप सहित मुटुको समस्या रहेको थियो।
मृतकको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेको छ।