पछिल्लो २४ घण्टाभित्र काठमाडौं उपत्यकामा थप ४ सय ८१ जनामा संक्रमण पुष्टि
Tuesday, September 1st, 2020, 4:38 pm
काठमाण्डौ, १६ भदौ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये काठमाडौंका ३९३, ललितपुरका ५८ र भक्तपुरका ३० जना रहेका छन्।
संक्रमित कुन ठाउँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन भने काठमाण्डौमा संक्रमणको जोखिम उच्च रहेको छ।