मंगलबार मात्रै थपिए कोरोनाका १ हजार ६९ संक्रमित, ७ सय ६८ डिस्चार्ज
Tuesday, September 1st, 2020, 4:30 pm
काठमाण्डौ, १६ भदौ । मंगलबार मुलुकभर कोरोनाका १ हजार ६९ संक्रमित थपिएका छन् । योसंगै हालसम्म संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ७ सय ६८ जना संक्रमणमुक्त भई घर फर्किएका छन्। योसंगै हालसम्म कोरोनाबाट निको हुनेको संख्या २२ हजार १ सय ७८ पुगेको छ।
त्यस्तै देशभर हाल सक्रिय संक्रमितको संख्या १८ हजार १ सय १२ रहेको छ।